७ कार्तिक २०८३, शनिबार

टुकोनद्वारा गार्मेन्टका श्रमिकहरुलाई राहत वितरण

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले कोभिड महामारीका कारण निशेधाज्ञाको बेला विचल्लीमा परेका गार्मेन्ट सम्बद्ध श्रमिकहरुलाई राहत वितरण गरेको छ ।

गार्मेन्टमा कार्यरत श्रमिकहरूको २० परिवारलाई एक हप्ता पुग्ने खाद्यान्न लगायत सामग्री आज आइतबार हस्तान्तरण गिरएको ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मतजंग भण्डारीले बताए । टुकोनले श्रमिकहरुलाई वितरण गरेको राहत सामग्रीमा चामल, तेल, दाल, क्वाटी, नुन, चाउचाउ, मास्क लगायत छन् ।

कोरोना संक्रमणले भयावह रुप लिइरहेको वर्तमान अवस्थामा श्रमिकहरुको दैनिक जीवनयापनमा केही सहयोग पुगोस् भनेर थोरै परिमाणमा भए पनि राहत उपलब्ध गराएको जानकारी दिँदै टुकोनका अध्यक्ष भण्डारीले लकडाउनको यस्तो विषम परिस्थितिमा दैनिक ज्यालादारीमा आश्रित श्रमिकहरुको पीडालाई पहिलो प्राथमिकतामा राख्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।