७ कार्तिक २०८३, शनिबार

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चान्दा चौधरीद्वारा पदभार ग्रहण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चान्दा चौधरीले पदभार ग्रहण गरेकी छिन् ।

आज आइतबार उनले सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै मन्त्री चौधरीले सामाजमा रहेका विभिन्न कुरीति अन्त्यका लागि पञ्चवर्षीय रणनीतिक कार्ययोजना मन्त्रीपरिषदमा पठाउने फाइलमा हस्ताक्षर गरेकी छिन् ।

सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले समाजमा देखिएको कुरीतिका विरुद्धमा लागि पर्ने दृढता व्यक्त गरिन् । ‘म भर्खरै आएको छु, मन्त्रालयअन्तर्गत नीतिगत कार्ययोजना कार्यान्वयनका लागि प्राथमिकताका साथ के के गर्न सकिन्छ त्यसको बारेमा विस्तृत काम गर्ने योजनामा छु,’ उनले भनिन् ।

संविधानमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि उल्लेखित हकअधिकारको स्पष्ट व्यवस्था गरकाले सोही अनुसार कार्यान्वयन गर्नु आफ्नो कर्तव्य रहेको उनको भनाइ छ । महिला विरुद्धको सबै हिंसाको अन्त्यका लागि तीनै तहमा तदारुकताका साथ काम गर्नु पर्नेमा पनि उनले विशेष जोड दिएकी छिन् ।

साथै मन्त्री चौधरीले मर्यादित महिनाबारी प्रर्वद्धनसम्बन्धी निर्देशिका २०७८ स्वीकृतीका लागि मन्त्री परिषदमा पेश गर्ने निर्णय गरेकी छिन् । सो अवसरमा मन्त्रालयद्धारा आयोजित निवर्तमान मन्त्रीको विदाई तथा नवनियुक्त मन्त्रीहरुको स्वागत कार्यक्रममा नवनियुक्त मन्त्री चौधरीले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिँदै नियम कानुन अनुसार हुने काममा ढिला सुस्ती नगर्न आग्रह गरिन् ।