७ कार्तिक २०८३, शनिबार

उपप्रधानमन्त्री हुँदा ईश्वर पोखरेलले पार्टीलाई बुझाए ६ लाख ५ हजार रुपैयाँ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफू उपप्रधानमन्त्री हुँदा पार्टीलाई लेबीवापत ६ लाख ५ हजार रुपैयाँ बुझाएको बताएका छन् ।

सरकारबाट बाहिरिएपछि आइतबार वक्तव्य जारी गर्दै पोखरेलले सो रकम बुझाएको बताएका हुन् । यस्तै उनले कोभिड संक्रमितहरूको उपचारका लागि सरकारको औपचारिक निर्णय अनुसार ७ महिनाको पारिश्रमिक ४ लाख ५६ हजार ४०० रुपैयाँ कोभिड कोषमा बुझाएको पनि बताएका छन् ।

वक्तव्यमार्फत उनले मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्बन्धित ठाउँमा आइतबार (२३ गते जेठमा) बुझाइसकेको जानकारी पनि उनले दिएका छन् । पुल्चोकस्थित मन्त्री क्वार्टर २२ गते शनिबार नै खाली गरिसकेको उनले जानकारी दिएका छन् ।