२ कार्तिक २०८३, सोमबार

बुडापेस्टमा चीनविरुद्ध हजारौं नागरिकको प्रदर्शन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २३ जेठ । हंगेरीको राजधानी बुडापेस्टमा चिनियाँ विश्वविद्यालयको स्याटेलाइट क्याम्पस बनाउन लागेको विरोधमा हजारौं नागरिकले प्रदर्शन गरेका छन् ।

सांघाईको फुदान विश्वविद्यालयको क्याम्पस आफ्नो सहरमा बनाउने सरकारको निर्णयविरूद्ध शनिबार हजारौं मानिसले सडकमा प्रदर्शन गरेका हुन् ।

सरकारले प्रदर्शनमा लगाएको प्रतिबन्धका बाबजुद् झन्डै १० हजार मानिस सडकमा निस्केर प्रदर्शन गरेपछि यो योजनाले भविष्यमा थप विवाद सिर्जना गर्ने देखिएको छ ।

बुडापेस्टमा बनाउने तयारी भइरहेको क्याम्पस फुदान विश्वविद्यालयको युरोपमा पहिलो भौतिक उपस्थिति हुनेछ । साढे १ अर्ब अमेरिकी डलर खर्च हुने क्याम्पस बनाउन चिनियाँ कम्पनी र कामदार जानेछन् ।

‘स्टुडेन्ट सिटी’ को अवधारणा अनुसार चिनियाँ विश्वविद्यालयको क्याम्पस पनि बनाउन लागिएको हो। अर्को वर्ष चुनाव आउन लागेकाले प्रधानमन्त्री भिक्टर अर्बानका विपक्षीहरूले उक्त प्रोजेक्टलाई महत्वका साथ उठाइरहेका छन् । चार कार्यकालदेखि सत्तामा रहेको अर्बानको पार्टीले कसरी भ्रष्टाचार गरिरहेको छ भन्ने यो एक नमूना भएको विपक्षीहरूको आरोप छ ।