
काठमाडौँ, २२ जेठ । उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता तथा अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।
आफूले बोलेका कुरालाई बंग्याएर गलत प्रचार गरिएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महताेले आफू राष्ट्रिय अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको स्पष्ट पारेका हुन् ।
शनिबार बेलुका एक विज्ञप्ति जारी गर्दै उनले आफूले संविधानको धारा ३ मा उल्लेख भए जस्तो विविधता तथा सबै जातजाति, धर्म, सम्प्रदायलाई समेट्नुपर्ने विषय बोलेको स्पष्ट पारेका छन् ।
उनले नेपाल बुहलताको देश हो भनेर दिएको अभिव्यक्ति विवादमा परेको थियो । त्यसपछि उनले विज्ञप्तिमार्फत प्रष्टिकरण गरेका हुन् ।
















प्रतिक्रिया