१५ कार्तिक २०८३, आइतबार

अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा भाषा तथा साहित्य समितिको घोषणा

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ, २२ जेठ । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले भाषा तथा साहित्य समिति गठन गरेको छ ।

शनिबार भर्चअल प्लाटफर्म जुममार्फत समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा डा. जानुका नेपाल पौडेलको नेतृत्वमा समिति घोषणा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. चुडामणी बन्धु व्यस्तताका कारण अनुपस्थित भएपछि विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा. तुलसी भट्टराईले समितिका पदाधिकारीहरुको नाम वाचन गरेर घोषणा गरेका थिए ।

४९ सदस्यीय समितिमा वरिष्ठ उपाध्यक्ष रोमकान्त सापकोटा रहेका छन् भने डा. चैतन्य अधिकारी महासचिव रहेका छन् । नेपाली भाषा र साहित्यलाई उत्थान तथा प्रवर्द्धन गर्ने उद्देश्यले समितिको निर्माण गरिएको नवनिर्वाचित अध्यक्ष पौडेलले बताइन् ।

कार्यक्रम समाजका केन्द्रीय महासचिव अर्जुनश्री तथा नवगठित समितिका महासचिव डा. चैतन्य अधिकारी एवम् सहमहासचिव डा. महालक्ष्मी अधिकारीले सञ्चालन गरेका थिए ।