
काठमाडौँ, २२ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को मूल्यमा २ रुपैयाँले वृद्धि गरेको छ ।
मूल्य बढेसँगै पेट्रोलको प्रतिलिटर मूल्य १२५ रुपैयाँ, डिजेल र मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पर्नेछ ।
अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिका कारण नेपालमा पनि मूल्य बढाइएको निगमले जनाएको छ । यसअघि पनि पेट्रोलियम पदार्थका मूल्य बढेको थियो ।















प्रतिक्रिया