१५ कार्तिक २०८३, आइतबार

मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री गरेको अभियोगमा २ जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २२ जेठ । मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री गरेको अभियोगमा ’ओम निरमाया हेल्थकेयर प्रालि’ ग्वार्को महालक्ष्मी ललितपुरका २ जना संचालकलाई मापदण्डविपरीत उत्पादन गरेको २ सय ४० लिटर ह्याण्ड स्यानिटाइजर सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा संचालकद्वय ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–१४ घर भएका ४४ वर्षीय अमित ताम्राकार र ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थान बस्ने ४३ वर्षीय निरेश थापा रहेका छन् ।

उक्त हेल्थ केयरबाट कमसल संजिवनी लिक्विड इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर उत्पादन गरी विक्री भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले दुवै जनालाई उक्त स्यानिटाइजर सहित पक्राउ गरेको हो ।

उनीहरूउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।