१५ कार्तिक २०८३, आइतबार

उपत्यकामा संक्रमण घट्दै, १ हजार ३७ जनामा कोरोना पुष्टि

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । गत २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८२३, भक्तपुरमा ७३ र ललितपुरमा १४१ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै, गत २४ घण्टामा थप ५ हजार ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ४२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ८५ हजार एक सय जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ हजार २४३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ८४ हजार ३७३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ जना रहेको छ ।

२४ घण्टामा थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ७९९ जना पुगेको मन्त्रालयले जनाएको छ ।