८ कार्तिक २०८३, आइतबार

ओपोद्वारा ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिशनको घोषणा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । अन्तरक्रियात्मक वर्कशप्स, नेटवर्किंग क्रियाकलाप, आकर्षक उपहार र अमूल्य लगानी अवसरका साथमा ओपोले ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिशनमार्फत टेक स्टार्टअप्स र नवप्रर्तनात्मक योजनालाई यस वर्षको आफ्नो अन्तरराष्ट्रिय ईभेन्टमा आवेदनका लागि निमन्त्रित गरेको छ ।

प्रतियोगिता ‘सेन्सेशन एण्ड परसेप्शन’ अवधारणाका साथै कनेक्टेड कार प्रणाली, ईमर्सिभ एक्स्पेरियन्स (एआर÷भीआर तथा गेमिंग) र रोबोटिक्स गरी तीन उप बिषयबस्तु माथि आधारित हुने जानकारी दिइएको छ ।

ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिशनले उद्यमशिलता र नयाँ पुस्ताका नवप्रबर्तनका लागि अन्तरराष्ट्रिष् मञ्चको कामगरोस् भन्ने ओपोको उद्देश्य रहेको छ ।

प्रतियोगितामा दर्ताका लागि प्रतिस्पर्धीले आफ्नो ब्यक्तिगत वा संस्थागत जानकारी सहित आवेदन बुझाउनु पर्नेहुन्छ ।