१५ कार्तिक २०८३, आइतबार

चार सरकारी मिडियाको नारा परिवर्तन, ‘समृद्धिका लागि सञ्चार’ राख्ने सरकारको निर्णय

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । सरकारले ४ वटा सरकारी मिडियाको नारा परिवर्तन गर्ने निर्णय गरेको छ ।

पुरानो नारा विकासका लागि सञ्चारलाई परिवर्तन गरेर ‘समृद्धिका लागि सञ्चार’ बनाउने निर्णय गरेको हो ।

सरकारको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले चार सरकारी मिडियाको नाम परिवर्तन गर्नेबारे जानकारी दिएका हुन् ।

मन्त्री गुरुङले भने–‘ हामीले नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र गोरखापत्रको नारा परिवर्तन गरेका छौँ । हिजो विकासका लागि सञ्चार भनिन्थ्यो भने अब नेपाल सरकार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको राष्ट्रिय दृष्टिको सम्बृद्ध नेपाल, सुखी नेपालीको एउटा सङ्कल्पलाई अघि सार्नुभएको छ । आजको दिन हामीले निर्णय गरिसकेका छौँ, अब विकासको लागि सञ्चारको ठाउँमा समृद्धिको लागि सञ्चार बनाउँदैछौँ । हिजो एउटा फेजमा विकासका लागि सञ्चार थियो भने अब समृद्धिको लागि सञ्चार ‘स्लोगन’ परिवर्तन भएको जानकारी गराउँछु ।’