१५ कार्तिक २०८३, आइतबार

हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाइने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । सरकारले हरेक वर्ष पुस ११ गते जेष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको छ ।

हालै बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले पररराष्ट्र मन्त्रालयको प्रस्तावमा सगरमाथा संवाद आयोजना गर्ने पनि निर्णय भएको जानकारी दिएका छन् ।

त्यसैगरी, भारतसँग मल खरिदबारे छलफल गर्न पनि स्वीकृति दिने निर्णय गरिएको छ ।

विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. रमेशप्रसाद लामिछानेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मदन भण्डारी विश्वविद्यालय पूर्वाधार निर्माण समितिको कार्यकारी निर्देशकमा डा. विनोद अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै, भारतसँग मल खरिदबारे छलफलका लागि स्वीकृत दिने निर्णय भएको छ भने गृहमन्त्रालयको सिफारिसमा नेपाल नागरिकता दोश्रो संसोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय भएको छ ।