७ कार्तिक २०८३, शनिबार

भेदभावविरुद्ध आवश्यक सबै कानुनहरू निर्माण गरिसकेका छौं : राष्ट्रियसभा अध्यक्ष

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेदभावविरुद्ध आवश्यक सबै कानुनहरू निर्माण गरिसकेको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०७८ को अवसरमा वक्तव्य जारी गर्दै अध्यक्ष तिमिल्सिनाले विनाभेदभाव सम्मानित जीवनयापन गर्ने वातावरण तयार गर्न आवश्यक सबै कानुनहरु निर्माण गरिसकेको बताएका हुन् ।

२०६३ साल जेठ २१ गते देशलाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको अवसरमा हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिएको छ । नेपालको संविधान तथा कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, वञ्चितीकरण र हिंसालाई अपराधका रूपमा लिँदै त्यसलाई निषेध गरेको छ ।

संविधानको प्रस्तावनामा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्ने कुराको सुनिश्चित गर्दै मौलिक हकअन्तर्गत समानताको हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक र दलितको हकको व्यवस्था गरिएको छ ।