९ कार्तिक २०८३, सोमबार

अमेरिकाले नेपाललाई कोभिडविरुद्धको खोप दिने

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० जेठ । अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप प्रदान गर्ने भएको छ ।

राष्ट्रपतिका सञ्चारविज्ञ टीका दाहालले राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल सरकारको सक्रियतामा अमेरिकाले नेपाललाई खोप उपलब्ध गर्ने भएको जनाएका छन् । उनले यसअघि ५० लाख डाेज दिने भने पनि संख्या उल्लेख नभएकाे भनी आफूले गरेकाे ट्वीट सच्याएका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाले नेपालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेबारे गरेको घोषणाको स्वागत गरेका छन् ।

उनले ट्वीटमार्फत अमेरिकालाई धन्यवाद दिँदै यो विशेष परिस्थितिमा नेपालकाे अपीललाइ सुनेकाे भन्दै आभार व्यक्त गरेका हुन् ।