७ कार्तिक २०८३, शनिबार

काठमाडौंको माकलबारीमा कुटपीट गरी परियारको हत्या, सुनिल राई पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । काठकाडौंको माकलबारीमा कुटपीट गरी एक जनाको हत्या भएको छ ।

गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने सोही नगरपालिका–१ सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको कुटपिट गरी बुधबार साँझ हत्या गरिएको हो ।

गोकर्णेश्वबर नगरपालिका–८ बाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनिल राईले कुटपिट गर्दा गम्भीर घाइते भएका परियारको शंखरापुर अस्पताल नारायणटारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरी बिट माकलवारी र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि उक्त अस्पतालमा पुर्याएको थियो । कुटपिटमा संलग्न सुनिललाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।