७ कार्तिक २०८३, शनिबार

चुरे क्षेत्रको संरक्षण गर्न ल्याइएको कार्यक्रमलाई चुरेको दोहन भनेर प्रचार गरियो : सूर्य थापा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चुरे क्षेत्रको संरक्षण गर्न ल्याइएको कार्यक्रमलाई चुरेको दोहन हुने भनी प्रचार गरेको बताएका छन् ।

आलोचकहरूको रवैया नियोजित रहेको टिप्पणी थापाको छ । बिहीवार ट्विटरमा लेख्दै उनले तराईको मरूभूमीकरण हुने भनी प्रचार गर्नेहरूको रवैया नियोजित रहेको बताएका हुन् ।

‘इन्धन भएका देशले डिजेल, पेट्रोल बेचिरहेका छन्, पानी, ढुंगा र फलाम भएका देशबाट तिनै चिज निर्यात गर्न सकिन्छ । पहाडी क्षेत्रमा यो सम्भव छ र गर्नु नै पर्छ,’ उनले लेखेका छन्, ‘चुरे क्षेत्रको संरक्षण गर्न ल्याइएको कार्यक्रमलाई चुरेको दोहन र तराईको मरूभूमीकरण हुने भनी प्रचार गर्नेहरूको रवैया नियोजित छ ।’