काठमाडौं, २० जेठ । युएनसीडीएफ र अनस्केपसँग सहकार्य गरि खल्तीले महिलाद्वारा संचालित घरेलु, सानो तथा मध्यम उद्यमीलाई विभिन्न प्रशिक्षणमार्फत सशक्त र डिजिटाइज गर्दै आइरहेको छ ।
यस कार्यक्रमले महिला उद्यमीलाई आर्थिक रूपमा अझ बढी स्वतन्त्र बनाउने उद्देश्य लिएको विज्ञप्तिमा उल्लेख छ ।
‘महिलाले नेतृत्व गरेको व्यवसायहरुलाई सशक्त र डिजिटाइज गर्न सानो योगदान पु¥याउन पाउनु हाम्रो (खल्ती) लागि ठूलो सम्मानको कुरा हो । हामीलाई विश्वास छ कि हाम्रो प्रशिक्षणले वहाँहरुको व्यवसायलाई प्रभावकारी रूपमा वृद्धि गर्न थप मद्दत मिलेको छ’, खल्ती डिजिटल वालेटका परियोजना संयोजक प्रभातकुमार झाले भने ।















प्रतिक्रिया