शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रन्ससँग वेल्स पराजित

दैनिक नेपाल २०७८ जेठ २० गते १०:३९

लण्डन, २० जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले जित हात पारेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले वेल्सलाई ३–० गोलले पराजित गरेको हो ।

फ्रान्सको जितमा एमबाप्पेले ३४, ग्रिजम्यानले ४७ र डेम्बेलेले ७९ मिनेटमा गोल गरे । वेल्सका विलियन्स २५ मिनेटमा रातो कार्ड पाएपछि मैदानबाट बाहिरिदा फ्रान्सलाई सहज भएको थियो ।

इंग्ल्यान्डले अस्ट्रियालाई १(० गोलले पराजित गर्‍यो। इंग्ल्यान्डको जितमा बुकायो साकाले ५६ मिनेटमा गोल गरे ।

उता, जर्मनी भने बराबरीमा रोकियो। जर्मनीलाई डेनमार्कले १–१ गोलको बराबरीमा रोक्यो । जर्मनीका नेउहाउसले ४८ मिनेटमा गोल गर्दा डेनमार्कका पोउल्सेनले ७१ मिनेटमा बराबरी गोल फर्काए । नेदरल्यान्ड्स र स्कटल्यान्डले २–२ गोलको बराबरी खेले ।

नेदरल्यान्ड्सका लागि डिपाएले १७ र ८९ मिनेटमा गरी दुई गोल गरे। स्कटल्यान्डका हेनरीले १० र निस्बेटले ६३ मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित