
काठमाडौं, २० जेठ । सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ ।
हिजो स्थगित बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो । बैठकमा पार्टी एकताका लागि अहिलेसम्म भएका पहलबारे छलफल हुने कार्यसूची रहेको पार्टी कार्यालय स्रोतले बताएको छ ।
गत मंगलबारको बैठकले एकताका लागि अधिकतम पहल गर्ने निर्णय गरेको थियो । सोही अनुसार माधव–झलनाथ समूहसँग वार्ताको पहलकदमी पनि भइरहेको छ ।
यद्यपि मंगलबारको बैठकले माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्तलगायतका केही नेता कुनै पनि हालतमा एमालेमा आउन नचाहेको निष्कर्ष समेत निकाले छ ।
यसैबीच माधव–झलनाथ समूहले पनि आज आफ्नो पक्षका स्थायी कमिटी सदस्यसँग छलफल गर्ने भएको छ । आज बिहीबार बिहान ११ बजे जुममार्फत बैठक डाकिएको बताइएको छ । यो समूहले ओलीसँग कुनै पनि शर्त मानेर एकता नगर्ने बताउँदै आएको छ ।















प्रतिक्रिया