५ मंसिर २०८३, शनिबार

निषेधाज्ञाका बेला सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित थुप्रै मान्छेहरू पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २० जेठ । झापा जिल्लाको मेचीनगर नगरपालिका– ७ सतिघट्टास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका ५ बस्ने २५ वर्षीय साजन भुजेल र सोही नगरपालिका १३ बस्ने ३० वर्षीय जीवन दंगाल रहेको सशस्त्र प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सतिघट्टाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच
गर्दा उनीहरूको साथमा डाईजापाम सिरिन्ज ३८ वटा, लुपिजेसिक सिरिन्ज ३८ वटा र प्रोमेथाजिन सिरिन्ज ३८ वटा फेला पारेको थियो ।

उता, सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ तीनकुनेस्थित पूर्व–पश्चिम लोकमार्गबाट जेठ १९ गते सशस्त्र प्रहरीले करीव ४ लाख ३० हजार रुपैयाँ
बराबरको विभिन्न किसिमका मेडिकलको सामानसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा जिल्लाको सुरुङ्गा नगरपालिका ४ बस्ने ४४ वर्षीय अम्बर कार्की छन् । काठमाडौंबाट दमकतर्फ जाँदै गरेको बा १६ च ५४६१ नम्बरको बलेरो गाडीमा अवैध रुपले लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको उक्त मेडिकलको सामानको बिल फेला नपरेपछि उनलाई सो गाडीसहितै पक्राउ गरिएको हो ।

पक्राउ परेका कार्की उक्त गाडीका चालक रहेका छन् । उनलाई बरामद मेडिकलको सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि आन्तरिक
राजश्व कार्यालय ईटहरीमा बुझाइएको छ ।

उता, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका– १६ जयसपुरस्थित सीमा ईलाकाबाट जेठ १९ गते सशस्त्र प्रहरीले करीव २ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको आईटिएल कम्पनीको १ सय ८० वटा मोवाईल सेट बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोवाईल सेट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जयसपुरबाट खटिएको सशस्त्र प्रहरीले
बरामद गरेको हो । बरामद मोवाईल सेट भन्सार कार्यालय जमुनाहमा बुझाईएको छ ।

यता, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १७ अलौस्थित सीमा ईलाकाबाट जेठ १८ गते सशस्त्र प्रहरीले ४ सय ७७ बोतल कोरेक्स नामक लागूऔषध बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नसाथै निजले
बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेको थियो ।

यसैगरी सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–४ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ईनरुवाबाट खटिएको सशस्त्र प्रहरीले फेनारगन ७० वटा, डाईजेपाम ७० वटा, नोफिन ७० वटा, डाईलेक्स डिसी
१३ बोतल र ३ सय वटा नाईट्राभेट ट्याब्लेट बरामद गरेको हो ।

उक्त लागूऔषध ल्याउने व्यक्ति सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद लागूऔषध नेपाल प्रहरीलाई बुझाईएको छ ।