५ मंसिर २०८३, शनिबार

चौधरी ग्रुपको वियर प्लान्ट र गोदाममा आगलागी

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर, १९ जेठ । नवलपुर जिल्लाको देवचुली नगरपालिका–२ मा रहेको चौधरी उद्योग ग्राममा आगलागी भएको छ ।

उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो । उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए । उनले आगलागीको कारण अहिले थाहा नभएको पनि बताए ।