काठमाडौं, १९ जेठ । विश्वव्यापी महामारी रुपमा फैलिरहेको कोभिड–१९ को दोस्रो लहरको कारण मानविय दैनिक जीवन कष्टकर बन्दै जानुका साथै संक्रमित व्यक्तिहरुको संख्यामा दिनानुदिन बृद्धि हुँदै गएको वर्तमान अवस्थामा नेपाल सरकार, स्थानीय निकाय तथा जिल्ला प्रशासनहरुले देशव्यापी निषेधाज्ञा अवधि थप गर्ने क्रमलाई जारी राखेका छन् ।
यस विषम परिस्थितीमा ग्रामीण भेगका साना साना व्यापार, व्यवसाय तथा दैनिक ज्यालादारी मजदुरहरुको नियमित आयआर्जनमा अत्यन्तै प्रतिकूल असर पर्न गएको छ ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले भाखा नाघेका ऋणी सदस्यहरूलाई यहि जेष्ठ मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई २०७८ जेठ १८ गतेदेखि जेठ ३१ गते सम्ममा चुक्ता गरेमा कूल ब्याज रकमको ८ प्रतिशतदेखि अधिक १५ प्रतिशतसम्म छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस वित्तीय संस्थाले गत आ.वा २०७६–०७७ मा समेत आफ्ना ग्राहकहरुलाई रु ५ करोड ९५ लाख ३३ हजार ४०४ रुपैयाँ ब्याज छुट प्रदान गरेको थियो । सोही आ.व.मा संस्थाले रु ९ करोड ३३ लाख ०२ हजार १९३ रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको थियो ।
ग्राहकमैत्री संस्थाको अवधारणा अनुरुप संस्थाले यस्ता ग्राहकमैत्री योजनाहरु समय समयमा सार्वजनिक गर्ने गरेको छ । यस पटक पनि कोभिड १९ को कारणले सृजित विषम परिस्थितीको सामना गर्न ग्राहकहरुलाई सहज होस् भन्ने अभिप्रायले यस्तो योजना ल्याइएको हो ।
गत महिनामा समेत २०७८ को बैशाख २४ गते देखि ३१ गते सम्मको अवधिमा विगतको भाखा नाघेको साँवा तथा ब्याज तिरी २०७८ बैशाख मसान्त सम्मको सम्पूर्ण लेना भुक्तानी गर्ने ऋणी सदस्यलाई सो अवधिमा संस्थालाई चुक्ता गरेको वक्यौता (तिर्न बाँकी रहेको) कुल ब्याज रकमको १० प्रतिशत छुट प्रदान योजना लागू गरी सो अनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४,६७६ ऋणी सदस्यहरुलाई २०७८ वैशाख महिनामा छुट वापत प्राप्त गर्ने रकम रु.१५,१८,२०२.४७।– उक्त ऋणीको बचत खातामा जम्मा गरिसकेको छ ।















प्रतिक्रिया