५ मंसिर २०८३, शनिबार

घोराही– १५ का वडाध्यक्ष पाण्डेलाई प्रहरीद्वारा दुर्व्यवहार

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, १९ जेठ । दाङ जिल्लाको घोराही उप–महानगरपालिका– १५ का वडाध्यक्ष प्रायः फिल्डमै हुन्छन् । झन् यो कोरोनाको महामारीमा उनको दिनचर्या नै अक्सिजन सिलिण्डर खोज्ने र अक्सिजन सिलिण्डरसहित कोरोना संक्रमित बिरामीको उपचारको ब्यवस्था मिलाउने नै छ ।

अत्यन्तै सजिला र सहयोगी वडाध्यक्ष रमेश पाण्डेलाई मंगलबार पनि दिउँसो १२ बजेतिर आफ्नै रतनपुर आसपासकै एकजना वडाबासीले अक्सिजन सिलिण्डर खोजेर ल्याइदिन फोनमा अनुनयविनय गरे । उनी त्यहि फोनको आधारमा अक्सिजनसहितको सिलिण्डर खोज्न र समन्वय गरिदिन वडा कार्यालयबाट निक्लिएका थिए ।

आफ्नो वडा कार्यालयबाट सिधै हानिएका वडाध्यक्ष पाण्डे प्रहरी कार्यालय दाङको गेट अगाडि पुग्दै गर्दा प्रहरीले चेकिङ गर्दै रहेछ । प्रहरी कार्यालयको गेट रहेको सडकमा प्रहरी निरीक्षक रामकुमार यादवको कमाण्डमा चेकिङ भैरहेको थियो । वडाबासीको अनुरोधले पाण्डे जतिसक्यो चाँडो अक्सिजन सिलिण्डर लिएर जाने पक्षमा थिए ।

तर, चेकिङमा खटिएका प्रहरी निरीक्षक यादवलाई वडाध्यक्ष पाण्डेले आफ्नो परिचय दिए । उपनले वडाध्यक्षको परिचय पत्र पनि देखाए । परिचय पत्र देखाउँदा पनि ती प्रहरी निरीक्षक यादव टसमस गरेनन् । वडाध्यक्ष पाण्डेको अनुरोधलाई मानेनन् ।

उनले चेकिङमा आफ्नो वडाध्यक्षको शक्ति पनि देखाएनन् । फेरि प्रहरी निरीक्षकले वडाध्यक्षको लाइसेन्स पनि मागे । त्यो पनि देखाए । ती प्रहरी निरीक्षक अझै रिसाउँदै आफूलाई देख्दा पनि स्कुटरको गति कम किन नगरेको भनेर प्रतिप्रश्न गरे । प्रहरी निरीक्षकले छाड्ने मनसाय नदेखेपछि आफ्नो स्कुटर प्रहरीलाई उनले बुझाए । अर्को बाइक खोजेर उनी वडावासीको काममा लागे ।

जिल्ला प्रहरी कार्यालय नै घोराही–१५ मा पर्छ । प्रहरी निरीक्षकले कार्ड देखाउँदा पनि वडाध्यक्षलाई चिनेनन् । वडाध्यक्ष पाण्डेले आफूलाई चेकिङ गरेकोमा कुनै गुनासो नरहेको बताएका छन् । परिचय पत्र देखाउँदा पनि आफूले चढेको स्कुटर नियन्त्रणमा लिएर राख्दा आफूलाई प्रहरीको काम कारबाहीप्रति दुःख लागेको बताएका छन् ।

चेकिङमा खटिएका प्रहरी निरीक्षक यादवले नै आफूलाई देखेपछि एक किलोमिटर परबाट स्कुटर सुस्त किन नगरेको ? भनेर दिएको हप्कीदप्की गरिनुले आम नागरिकलाई प्रहरीप्रतिको बुझाइ नकारात्मक हुने वडाध्यक्ष पाण्डेले बताएका छन् ।

उनले कोरोना महामारीका बेला जनताको सेवामा खटिनु आफ्नो दायित्व रहेको बताएका छन् । ‘म जनप्रतिनिधि हुँ । कुनै हुल बाँधेर हिँडेको थिएन । अक्सिजन सिलिण्डन खोज्न हिँडेको थिएँ’, वडाध्यक्ष पाण्डेले भने, ‘प्रहरीले जनप्रतिनिधिलाई अवरोध गरेर के गर्न खोजेको हो ? दाङको प्रहरी नेतृत्वप्रति गम्भीर प्रश्न उठेको छ ।’

प्रहरीले अरु खोज्ने कागज पत्र के–के हो ? सबै बुझाउन तयार रहँदा पनि जनप्रतिनिधिको काममा अबरोध गर्नु उचित नरहेको पाण्डेले बताएका छन् ।

कोरोनाको महामारीमा जनताको उपचारदेखि शव ब्यवस्थापनको समन्वयसम्म गर्न वडाध्यक्ष पाण्डे युद्धस्तरमा काम गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले प्रहरी निरीक्षकले नचिनेर वडाध्यक्ष पाण्डेको स्कुटर रोकेको प्रतिक्रिया दिएका छन् । उनले वडाध्यक्ष पाण्डेलाई स्कुटर लैजान अनुरोध गरिसकेको बताएका छन् ।

प्रहरीले नियतवसभन्दा पनि नचिनेर वडाध्यक्ष पाण्डेप्रति अभद्र व्यवहार भएको भन्दै एसपी चन्दले वडाध्यक्ष आफैमा सहयोगी रहेको बताएका छन् ।