७ कार्तिक २०८३, शनिबार

सरकार र थारुहट थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति, के हुन्छ रेशम चौधरीको मुद्दा ? (सहमतिपत्रसहित)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । सरकार र थारुहट थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ । सहमतिअनुसार थरुहट–थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख गरिएको छ ।

सहमतिपत्रमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीसहित राजन भट्टराई र भगवती चौधरीले हस्ताक्षर गरेका छन् भने थारुवानका तर्फबाट रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायाण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।