
काठमाडौं, १८ जेठ । चोरी गरी लुकाई राखेको ४ थान मोटरसाइकल र २ थान स्कुटरसहित प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने पर्सा वीरगञ्ज परवानीपुर स्थायी घर भएका २१ वर्षीय विशाल थापा मगर सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वपरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।















प्रतिक्रिया