७ कार्तिक २०८३, शनिबार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बलामी पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १८ जेठ । आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा थाहा नगरपालिका–६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामी छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राजुले ती बालिकालाई आफ्नै घरमा ललाईफकाई यौन दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ । घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।