
काठमाडौं, १८ जेठ । कोरोना भाइरसको उद्गमस्थल मानिएको छिमेकी मुलुक चीनमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ ।
चीनको दक्षिणी सहर ग्वांझोमा हिजो सोमबार १८ जना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये ७ जना शहरभन्दा बाहिरबाट गएका बाँकी शहरभित्रैका मानिस भएको बताइएको छ ।
संक्रमण बढेसँगै त्यहाँ हुने उडान सेवा बन्द गरिएको छ । पछिल्लो पटक त्यहाँ २७ जनामा संक्रमण पुष्टि भएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
यसैबीच बेलायतमा कोरोना भाइरसको तेस्रो लहरको चेतावनी दिइएको छ । उता अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ एन्टोनी फाउचीले कोरोना भाइरसविरुद्धको लडाइँ अहिले नै जितिएको घोषणा गर्नु अलि चाँडो हुने बताएका छन् ।
संक्रमण केही कम जस्तो देखिए पनि यसले फेरि विकराल रुप लिन सक्ने उनले चेतावनी दिएका छन् ।















प्रतिक्रिया