७ कार्तिक २०८३, शनिबार

ठब्ल्यूएचओद्वारा कोरोनाको नयाँ भेरिएन्टका लागि नामाकरण प्रणाली घोषणा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । कोरोना भाइरसका नयाँ भेरिएन्टका लागि विश्व स्वास्थ्य संगठन (ठब्ल्यूएचओ)ले नयाँ नामाकरण प्रणालीको घोषणा गरेको छ ।

डब्ल्यूएचओले अबदेखि पहिचान भएका भेरिएन्टहरूको नामका लागि ग्रीक अक्षरको प्रयोग गर्ने बताएको छ । जस अनुसार बेलायती भेरिएन्टलाई अब ‘अल्फा’, दक्षिण अफ्रिकी भेरिएन्टलाई ‘बिटा’ र भारतीय भेरिएन्टलाई ‘डेल्टा’को नामले चिनिने छ । यस आधारमा हाल नेपालमा फैलिएको भेरियन्टले पनि ‘डेल्टा’ नाम पाएको छ ।

यसरी नामाकरण गर्दा कुराकानीलाई थप सरल र सहज बनाउने डब्ल्यूएचओको दाबी छ ।