
काठमाडौं, १८ जेठ । कोरोना भाइरसविरुद्धको ९ लाख डोज खोप आज चीनबाट नेपाल ल्याइँदै छ ।
८ लाख डोज चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउन लागेको हो । बेईजिङबाट नेपाल एयरलाइन्स र तिब्बतबाट हिमालय एयरलाइन्सको कार्गो उडानले उक्त परिमाणको खोप आज नेपाल ल्याईपुर्याउने भएका हुन् ।
खोप लिनका लागि जहाजहरू सोमबार राति नै काठमाडौंबाट त्यसतर्फ उडिसकेका छन् । खोप लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान गए राति ११ बजे भएको छ । उक्त विमानले आज २ बजेसम्म ८ लाख डोज खोप नेपाल ल्याइ पुर्याउने छ ।
त्यस्तै, चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको झन्डै १ लाख डोज खोप हिमालयन एयरलाइन्सको दुई चार्टर्ड विमानमार्फत आज १ लाख र भोलि १ लाख ल्याइने छ ।















प्रतिक्रिया