काठमाडौं, १८ जेठ । कोरोनाभाइरसको संक्रमण रोकथाम गर्न लगभग नेपालभरि नै बन्दाबन्दीको अवस्था रहेको छ । वर्तमान बन्दाबन्दीको अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्रमा समेत गहिरो प्रभाव परिरहेको छ ।
आफ्ना ग्राहकहरूको अफ्ठ्यारो समयको साथी यस वित्तीय संस्थाले अफठ्यारोमा सदा आफ्नो सहयोगी हात बढाउने परम्परालाई निरन्तरता दिदै आएको विज्ञप्तिमा उल्लेख छ ।
यसै अनुरुप आफ्ना सेवाग्राहीहरुलाई यस असहज परिस्थितिमा केहि मात्रामा भएपनि सहयोग गर्ने अभिप्रायले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गते देखि ३१ गते सम्ममा बुझाउनु भएमा सम्बन्धीत ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने योजना बैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो ।
‘सोही योजना अनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४,६७६ ऋणी सदस्यहरुले यस संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधि भित्र बुझाई यस योजनामा सहभागी हुनुभएकोमा उहाँहरूप्रति हार्दिक आभार ब्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
‘उहाँहरूले यस योजनामा सहभागी भए वापत ब्याजमा जम्मा रु.१५,१८,२०२.४७।– छुट पाउनुभएको सहर्ष जानकारी गराउन चाहन्छौं । साथै, वहाँहरुलाई हार्दिक बधाई दिन चाहन्छौं । वहाँहरुको ब्याजछुट रकम सम्बन्धीत ऋणीको बचत खातामा जम्मा गरिसकेको सहर्ष जानकारी गराउँदछौं’, विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया