
काठमाडौँ, १७ जेठ । राष्ट्रिय खाद्य बैंकले आफ्ना बृहत कृषि परियोजनाहरुको काम सुरु गरेको छ ।
राष्ट्रिय सञ्जाल बनाएर कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी डिजाइन गरिएका कृषि परियोजनाहरुको काम सुरु भएको हो ।
बैंकले तराईका जिल्लाहरुमा धान खेतीलाई विशेष प्राथमिकतामा राखेर परियोजना डिजाइन गरेको छ । बैंकले झापामा करिब ५० बिघा जमिनमा यस वर्षदेखि एकीकृत खेती प्रणाली अन्तर्गत धान खेती गर्न लागेको हो ।
धान खेतीका लागि बैंकले राम्रो उत्पादनदिने गुणस्तरीय बिउ ब्याड राखेको छ । गौरादह नगरपालिका वडा नं. ७मा बैंकले करिब ५० बिघा जमिन लिजमा लिएर परियोजना सुरु गरेको हो ।
राष्ट्रिय खाद्य बैंकले आधुनिक कृषि उपकरण र गुणस्तरीय बिउ बिजनका साथ बृहत्त कृषि परियोजनाहरु सञ्चालनलमाल्याएको छ । बैंकले बर्दियाको गुलरिया नगरपालिकामा पनि धान खेतीका लागि ठूलो मात्रामा बिउँ ब्याड राखेको छ । गुलरिया ३ मा व्यवस्थित बिउ ब्याड राखिएको हो ।
त्यहाँ उत्पादन हुने धान सुरक्षित गरी राख्नका लागि गोदाम घरको निर्माण कार्य पनि थालिएको छ । उत्पादन भएको धानलाई समयमै सुरक्षित रुपमा गोदाम घरमा राख्ने र गुणस्तर कम हुन नदिनका लागि बेलैमा गोदाम घरको निर्माण थालेको बैंकका कार्यकारी अध्यक्ष शंकर उप्रेतीले जानकारी दिए । गुलरियामा पहिलो वर्ष ६० बिघा जमिनमा धान खेती सुरु गर्न लागेको हो ।
बर्दियाको गुलरिया नगरपालिकामा पनि धान खेतीका लागि ठूलो मात्रामा बिउँ ब्याड राखिँदै
बैंकले पोखराको हेम्जामा पनि कृषि परियोजना सुरु गरेको छ । हेम्जामा बैंकले ३५ रोपनी जमिन भाडामा लिएको छ । त्यस्तै स्थानीय किसानसँग सहकार्य गरेर करिब ३ सय रोपनी जमिनमा व्यवस्थित कृषि परियोजना अघि बढाएको बैंकका सञ्चालक इश्वर लुइँटेलले जानकारी दिए । हेम्जामा यस बर्ष स्थानीय ‘पोखरेली जेठोबुढो’ जातको धान खेती सुरु गरेको लुइँटेलले बताए ।












प्रतिक्रिया