७ कार्तिक २०८३, शनिबार

मैतीदेवीस्थित एक सहकारी संस्थाबाट विभिन्न धनमाल चोरी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, १७ जेठ । काठमाडौंको मैतीदेवीस्थित एक सहकारी संस्थाबाट विभिन्न धनमाल चोरी भएको छ ।

काठमाडौं महानगरपालिका–२९ मैतीदेबीस्थित विमल प्रजापतीको घरमा अवस्थित गौथली बचत तथा ऋण सहकारी संस्थाबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको प्रहरीले बताएको छ ।

साथै सोही घरमा रहेको ज्येष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट समेत १ थान कम्प्युटर र मोबाइल चोरी भएको छ । झ्यालको भेन्टिलेटरबाट प्रवेश गरी अज्ञात व्यक्तिहरूले दुवै सहकारी संस्थाबाट उक्त धनमाल चोरी गरेको बताइएको छ ।

चोरीमा संलग्न भइ फरार व्यक्तिहरूको खोजी गर्नाका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।