शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

गुराँस लाइफ १४औं वर्षमा प्रवेश, कम बीमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धता

दैनिक नेपाल २०७८ जेठ १७ गते १४:३६

काठमाडौं, १७ जेठ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय शुरू गरेको थियो । वार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

साथै आम जनतामा बीमाको पहुँच पुर्याउन निरन्तर लागि पर्ने र आगामी दिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बीमा सेवामार्फत अघि बढ्ने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ ।

कम्पनीले सञ्चालन अवधिको १४ वर्षको अवधिमा १० अर्बभन्दा बढीको जीवन बीमा कोष बनाउन सफल भइसकेको जनाएको छ । १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रूपैयाँ चुक्ता पूँजी भएको कम्पनीले १३ वर्ष पूरा गर्दा सुनौलो भविष्यको रेखा कोर्न सफल भइसकेको दाबी गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १३ वर्ष पूरा गरी १४औं वर्ष प्रवेश गरेको अवसरमा ‘बीमा पनि बचत पनि, कम बीमा शुल्कमा उचित प्रतिफल पनि’ भन्ने नारालाई अघि सारेको छ ।

प्रतिक्रिया
सम्बन्धित