काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट गायिका लासिमित राईको निधन भएको छ ।
ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएकी ५३ वर्षीया राईको शुक्रबार निधन भएको हो । शुक्रबार नै नेपाली सेनाको टोलीबाट उनको अन्त्येष्टि गरिएको छ ।
भारतको राङ्गु जल्पाईगुडीमा जन्मिएकी राई तीन दशकदेखि नेपाली गीतसंगीतमा सक्रिय थिइन् । ललितपुर सातदोबाटोमा बस्दै आएकी उनले गतवर्ष मात्रै श्रीमान गुमाएकी थिइन् ।
निःसन्तान उनी श्रीमानको निधनपछि मानसिक रुपमा कमजोर थिइन् ।
त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा एमए गरेकी राईले जाउलाखोलमा रहेको युनाइटेड एकेडेमीमा नेपाली साहित्य अध्यापन गराउँदै आएकी थिइन् ।















प्रतिक्रिया