८ कार्तिक २०८३, आइतबार

एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक जारी गरिएको उर्जा ऋणपत्रमा देखियो आकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ । एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक उर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ ।

उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आईतबार देखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्यदिन भित्रै अत्याधिक आवेदनको कारणले विक्रि बन्द गरिएको हो ।

एनएमबि बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र विक्री खुला गरेको थियोे । यस ऋण पत्रबाट प्राप्त कोषलाई जलविद्युत र अन्य नवीकरणीय उर्जा आयोजनाहरूमा लगानीको लागि उपयोग गरिने छ ।

हालसम्म बैंकले ऊर्जा क्षेत्रमा ४३ जलविद्युत परियोजनाहरु लगायत नवीकरणीय उर्जाको क्षेत्रमा कुल कर्जा सापटको १६% भन्दा बढी रकमको प्रतिबद्घता गरिसकेको छ ।

उपर्यूक्त ऋणपत्र आह्वान गर्नुको मुलभुत उद्देश्य वास्तविक अर्थव्यवस्थाको समग्र विकासको लागि दिगो टेवा पु¥याउने प्रतिबद्घता अनुरुप उत्तरदायी भुमिका निर्वाह गर्दै बैंकिङ्ग सेवा प्रदान गर्नु रहेको बताइएको छ ।

हालको विषम परिस्थिति र यस महामारीको प्रभावका वावजुद पनि विश्वास गरेर एनएमबि उर्जा ऋणपत्र खरिद गरी सहयोग र सदभाव प्रदान गर्नु भएकोमा सम्पुर्ण सुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नियमनकारी निकायहरु तथा सरोकारवालाहरु सबै प्रति एनएमबि बैंकले हार्दिक कृतज्ञता ब्यक्त गरेको छ ।

बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।