८ कार्तिक २०८३, आइतबार

कतार एयरवेजद्वारा अमेरिकी नेट्वर्क विस्तार, साप्ताहिक उडान संख्या वृद्धि

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, १६ जेठ । कतार एयरवेजले आगामी जुन १ देखि आफ्ना चार साप्ताहिक एटलान्टा उडानहरू पुनः सुरूवात गर्दैछ जसले उक्त नेटवर्कमा हवाई गन्तव्य संख्या १२ पुुग्नेछ । कोभिड–१९ महामारी अघिको संख्याभन्दा दुई बढी ।

एयरलाइनले बोस्टन, मियामी, न्यूू योर्क, फिलेडेल्फिया, स्यान फ्रान्सिस्को र सिएटलमा सेवा बढाउँदै संयुक्त राज्य अमेरिकाभरि ८५ भन्दा बढी उडानका साथ यात्रुहरूको लागि अधिक सहज यात्रा विकल्पहरू प्रदान गर्दैछ ।

यस वृद्धि भएका सेवाहरूले केप टाउन, मालदिभ्स, सिचेल्स र जान्जीबार, र अफ्रिका, एशिया र मध्य पूर्वमा अन्य प्रमुख लोकप्रिय स्थलहरूलाई पनि जोड्दै थप सुविधा प्रदान गर्नेछ ।