१४ कार्तिक २०८३, शनिबार

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ जेठ । बाँकेको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ ।

भेरी अस्पताल प्रशासनले तीनजना विरुद्ध किटानी जाहेरी दिएको जनाएको छ ।

अस्पताल प्रशासनले चिकित्सकमाथि आक्रमणमा संलग्न रहेको भन्दै लोकबहादुर रावत, मानबहादुर रावत र भरत रावतमाथि किटानी जाहेरी दिएको विज्ञप्तिमार्फत जनाएको छ ।

अस्पताल प्रशासनले पनि एक विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि किटानी जाहेरी दिएको बताएको छ ।

अस्पतालका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै घटनामा संलग्न अन्य व्यक्तिहरुबारे थप अनुसन्धान गरी कानुनी दायरमा ल्याइ कारबाही प्रक्रिया अगाडि बढाउन प्रशासनसँग आग्रह गरेका छन् ।

अस्पतालले जारी गरेको विज्ञप्तिः