
काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई निर्वाचनका लागि सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।
आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीले आग्रह गरेका हुन् ।
निर्वाचनमा जानु भनेको प्रतिगमन नभएको भन्दै प्रधानमन्त्री ओलीले सबैलाई निर्वाचनमा आउन आग्रह गरेका हुन् ।
प्रतिनिधिसभा पूर्ण अवधिसम्म चलोस् भन्ने आफूले निकै प्रयास गरेको तथा जेनतेन सरकार ५ वर्षसम्म मात्रै चल्नुले स्थिरता नआउने उनले बताए ।












प्रतिक्रिया