
काठमाडौँ, १४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगञ्जको भेरी अस्पतालमा भएको स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै पेशागत धर्म निर्वाह गरिरहेका स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्ने समूहलाई कडाभन्दा कडा कारवाहीको माग समेत गरेका छन् ।
‘यसरी कहीँकतै कसैले कुनैपनि बहानामा स्वास्थ्यकर्मीमाथि गर्ने उच्छृङ्खल,गैरकानुनी अमानवीय गतिविधिहरुमा शुन्य सहनशीलता राखी कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यसंहिता ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन २०६६ आदि अनुसार कडाभन्दा कडा कारवाहीको प्रवन्ध गरिदिनु हुन सम्वन्धित सवैमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।













प्रतिक्रिया