बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

जिनेदिन जिदानले रियल मड्रिड छाडे

दैनिक नेपाल २०७८ जेठ १४ गते ८:५२

लण्डन, १४ जेठ । प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिड छाडेका छन् । लिग उपाधि नजिक पुगेर पनि बन्चित भएपछि फ्रान्सेली प्रशिक्षक जिदानले बिहीबार राजीनामा दिएका हुन् ।

जिदानले १० दिन अगाडि मात्र स्पेनी मिडियासँग आफूले रियल छाड्न सक्ने संकेत गरेका थिए । उनको रियलसँग सन् २०२२ सम्मका लागि अनुबन्ध रहेको छ ।

जिदान बाहिरिनु क्लबको लागि निराशाजनक हो। यद्यपि, कीर्तिमान १३ पल्टको युरोपेली विजेता क्लबले यो सिजन उनको प्रशिक्षणमा राम्रो नतिजा निकाल्न सकेन । ला लिगामा प्रतिद्वन्दी एट्लेटिको मड्रिडभन्दा पछि रहँदै रियल दोस्रो भएको थियो ।

रियल च्याम्पियन्स लिग सेमिफाइनलमा चेल्सीसँग पराजित रहेको थियो । जिदानले आफूले क्लब छाड्ने जानकारी क्लबका निर्देशक र टोलीका केही खेलाडीलाई यसअगाडि नै दिसकेका थिए ।

प्रतिक्रिया
सम्बन्धित