५ मंसिर २०८३, शनिबार

बेलायतद्वारा नेपाललाई स्वास्थ्य सामग्रीहरू सहयोग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

A woman stands at the entrance gate of the Embassy of Nepal in London, the UK, in February 2019. Photo courtesy: Surath Giri

काठमाडौं, १४ जेठ । बेलायत सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि विभिन्न स्वास्थ्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको छ ।

नेपाल सरकारको अनुरोध बमोजिम बेलायतले २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

सहयोग सामग्री बिहीबार अपराह्न नै बेलायतबाट पठाइ सकिएको बताइएको छ । गैरआवासीय नेपाली संघ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाइएको दूतावासले जनाएको छ ।

अत्यावश्यक मेडिकल सामग्री तथा खोपमा बेलायत सरकारको सहयोगका लागि लण्डनस्थित राजदूतावासले पहल गरिरहेको र त्यसका लागि विशेषगरी द्विपक्षीय सहयोग अथवा कोभ्याक्सअन्तर्गत यथाशीघ्र खोप उपलब्ध गराउने विषयमा राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्री तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरेको दूतावासले उल्लेख गरेको छ ।

अत्यावश्यक सहयोग सामग्री खोप जुटाउनका लागि बेलायती सरकार, बेलायती संसद्का सदस्यहरु, गैरआवासीय नेपाली सङ्घ, विभिन्न नेपाली सङ्घसंस्थाहरू तथा बेलायती गैर सरकारी च्यारिटी संस्थासँग भेटघाट, छलफल तथा समन्वय भैरहेको र केही समयमा परिणाम आउने राजदूत रेग्मीले बताए ।