८ कार्तिक २०८३, आइतबार

ओपो पान—ईन्डष्ट्रि ईको रेटिंग लेबलिंग स्किमको पहिलो पार्टनर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शन्चन, १४ जेठ । अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो मिशन ‘टेक्नोजी फर म्यानकाइन्ड । काईन्डनेस फर दि वल्र्ड’ अन्तर्गत नयाँ कदम चाल्दै दिगो भविष्यको आशाका साथ अग्रणी अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान—ईन्डष्ट्रि ईको रेटिंग लेबलिंग स्किमको पहिलो मध्यको पार्टनरको सूचीमा सम्मिलित भएको छ ।

सन् २०२१ जुनदेखि यो स्किम यूरोपभर लागू गरिने विज्ञप्तिमा उल्लेख छ । यसले उपभोक्तालाई वातावरण सुरक्षा तथा दिगोपनका बारेमा सचेतना जगाउँदै सर्वाधिक टिकाउ स्मार्टफोनहरु विच तुलना र पहिचान गर्न सघाउनेछ ।

यूरोपका ५ अग्रणी मोबाइल अपरेटर्स डच टेलिकम, अरेन्ज, टेलिफोनिका, टेलिया कम्पनी र भोडाफोनद्वारा संयुक्तरुपमा ईको रेटिंग ईनिसिएटिभ सञ्चालनमा ल्याएका हुन् । यसको मूल उद्देश्य स्मार्टफोन तथा फिचरफोनको उत्पादन, प्रयोग, परिवहन र डिस्पोजलले पार्ने वातावरण माथिको असरका बारेमा सही र सटिक जानकारी उपलब्ध गराउनु हो ।

यस पहलको समर्थनका लागि ओपोले पहिलो मध्यकै एक सहभागी बन्दै समानान्तर मूल्यांकनको तरिका अवलम्बनका लागि सल्लाह सुझावका साथै डाटापनि उपलब्ध गराएको छ ।

प्रक्रिया अन्तर्गत बिस्तृत मूल्यांकन मार्फन हरेक स्मार्टफोन ह्याण्डसेटलाई तिनले आफ्नो जीवनचक्रका दौरान प्रदर्शित गर्ने वातावरणिय परफरमेन्सका आधारमा पूर्णांक १०० मध्यबाट ईको रेटिंग स्कोर प्रदान गरिन्छ ।

उपकरणलाई दिइने ईको रेटिंग लेबलले टिकाउपन, मर्मत योग्यता, रिसाइकलेबिलिटी, क्लाइमेट ईफिसियन्सी र रिसोर्स ईफिसियन्सी गरी ५ पक्षको प्रतिनीधित्व गर्छ ।