
काठमाडौँ, १३ जेठ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. लहान शाखाबाट २५ लाख रुपैयाँको घातक रोग दावी भुक्तानी गरेको छ ।
दावी भुक्तानी बिहीबार जिल्ला सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाललाई घातक रोग दावी रकम रु २५ लाख विमाङ्ग रकम वापत भुक्तानी गरीएको छ ।
शकुन्तला कुमारी पोद्दारले मिति २०७६ असोज २७ गते २५ लाख रुपैयाँको जीवन अमृत योजना खरिद गरेका थिए । दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह, सिनयर एजेन्सी मेनेजर मोहन झा र पोद्दारको सपरिवारको उपस्थिती रहेको थियो ।
बिमा दावी भुक्तानी लिँदै गर्दा बिमीतको भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् ।















प्रतिक्रिया