१४ कार्तिक २०८३, शनिबार

पूर्वसांसद न्यौपानेको काेरानाका कारण निधन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

जाजरकोट, १३ जेठ । सशस्त्र प्रहरी अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ ।

बुधवार राति उनको निधन भएको उहाँका छोरा मदनरत्न न्यौपानेले बताए । शुरुमा कोरोना सङ्क्रमणका कारण बिरामी हुनुभएका न्यौपाने पछि फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी भएका हुन् ।

वैशाख २३ गते वीरेन्द्र प्रहरी अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना हुनुभएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा राखिएको थियो ।

अवस्था झनै गम्भीर भएपछि न्यौपानेलाई १० दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको छोरा मदनले बताए । मदनका अनुसार न्यौपानेको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको थियो भने उनमा निमोनिया देखिएको थियो ।

छेडागाड नगरपालिका–६ सुवानाउलीका न्यौपाने विसं २०५६ को प्रतिनिधिसभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

अहिले एमालेको कर्णाली प्रदेश समिति सदस्य, एमाले निकट किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्जको भूमिकामा रहेका थिए । –रासस