८ कार्तिक २०८३, आइतबार

सुनको मूल्य एकैदिन ७०० रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ ।

जसअनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी हिजोकै मूल्य अर्थात् प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।