शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

भिल्लारियलद्वारा युरोपा लिग फुटबलको उपाधिमाथि कब्जा, म्यानचेस्टर युनाइटेड पराजित

दैनिक नेपाल २०७८ जेठ १३ गते १०:२२

लण्डन, १३ जेठ । म्यानचेस्टर युनाइटेडलाई हराउँदै युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ ।

बुधबार राति पोल्याण्डमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो ।

खेलको २९औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए । खेलको ५५औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै टोलीले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो ।

खेलको नतिजा आउन दुवै टिमले गरी २१ पटक पेनाल्टी प्रहार गरेका थिए । १० वटा पेनाल्टीसम्म पनि दुवै टोलीले बराबरी गोल हानेका थिए ।

११औं पेनाल्टीमा म्यानचेस्टर युनाइडेटले गोल गर्न सकेन भने भिल्लारियलका रुल्लीले गोल गर्दै टिमलाई जिताए ।

फुटबलमा २१ वटा पेनाल्टी बिरलै देख्न पाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित