५ मंसिर २०८३, शनिबार

ललितपुर महानगरको आइसोलेसनमा अक्सिजनसहित खाना र उपचार सबै निःशुल्क

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १३ जेठ । ललितपुर महानगरपालिकाले कोरोना सङ्क्रमितहरू घरकै आइसोलेशनमा बस्दा जोखिम हुन सक्ने भन्दै नगरपालिकाले व्यवस्था गरेको आइसोलेशनमा बस्न आग्रह गरेको छ ।

मेयर चिरिबाबु महर्जनले प्रेस विज्ञप्ति जारी गरेर घरको आइसोलेशनमा बस्दा स्वयम् सङ्क्रमित, परिवार र समुदायलाई जोखिम हुने भएकाले वडा तथा नगरपालिकामा सम्पर्क गरी नगरपालिकाको आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गर्न आग्रह गरेका छन् । उनले घरमा शौचालय, कोठा, स्वास्थ्यकर्मीको निगरानीलगायत आवश्यक व्यवस्थापन भएमा मात्रै घरमा बस्न अन्यथा जोखिम नमोल्न आग्रह गरेका छन् ।

महानगरपालिकाले वडा नम्बर ६ सुनाकोठीमा ५० शय्या र वडा नम्बर ४ बागडोलमा एक सय १० शय्याको आइसोलेशन सञ्चालनमा ल्याएको छ ।

आइसोलेशनमा अक्सिजनसहित स्वास्थ्यकर्मीको निगरानी र पोषणविद्को सल्लाहअनुसारको खाना, खाजा निःशुल्क उपलब्ध गराउने पनि महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले आवश्यकता अनुसार आइसोलेशन तथा उपचारको व्यवस्था गरेको जानकारी दिँदै स्वास्थ्यका मापदण्ड पालना गरेर सकेसम्म सङ्क्रमण हुन नदिन पहल गर्न सबैलाई आग्रह गरेको छ ।