१४ कार्तिक २०८३, शनिबार

वुधबार कोरोना संक्रमण हुने भन्दा निकाे हुने बढी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ६ हजार ७१४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १९ हजार ३० पीसीआर र ६२२ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ७१४ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ३५ हजार ५२५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ७१६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ११ हजार ६०३ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ जना रहेको छ ।

२४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ८४५ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।