१४ कार्तिक २०८३, शनिबार

आमासहित छोराछोरी मृतावस्थामा भेटिए

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

प्युठान, ११ जेठ । प्युठानमा एकाघरका आमा सहित छोराछोरी मृतावस्थामा जङ्गलमा भेटिएका छन् ।

प्युठान नगरपालिका –२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार प्युठान नगरपालिका– १ स्थित चेरनेटा नजिकका जङ्गलमा झुण्डिएको अवस्थामा तीनैजनालाई फेला परेको हो ।

गायत्री सोमबार साँझ स्वर्गद्वारी नगरपालिका –८ स्थित हदचौरमा माइती जान भनेर घरबाट निस्किएकी ससुरा गिरबहादुर सुनारले बताए । उनले छोरा रोजगारीका लागि भारतमा रहेको जानकारी दिए ।

ती शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गैरेले जानकारी दिए । –रासस