
काठमाडौँ, ११ जेठ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच भेटघाट नभएको स्पष्ट पारेको छ ।
मंगलबार सर्वोच्चले एक विज्ञप्ति जारी गर्दै उनीहरुबीच भेट नभएको जनाएको हो ।
सर्वोच्चले जबरा र ओलीबीच भेट भएको भनेर सञ्चारमाध्यमहरुमा आएको विवरण सत्य नभएको भन्दै त्यस प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको पनि जनाएको हो ।
सर्वोच्चले यस्ता हल्लाले न्यायपालिकाको स्वच्छता, आस्था विश्वासमा प्रतिकुल प्रभाव पार्ने भन्दै आपत्ति जनाएको हो ।
अदालतमा दर्ता हुन आएका विवादलाई लिएर न्यायसम्पादनलाई प्रतिकुल असर पार्न यस्तो समाचार आएको भन्दै सर्वोच्चले यस्ता क्रियाकलापलाई ‘कानूनी दायरामा ल्याउने’ समेत चेतावनी दिएको छ ।













प्रतिक्रिया